2083-02-13
2083-02-13
पालुङटार नगरपालिकाको आयोजना तथा लिगलिग पालुङटार उद्योग वाणिज्य संघको समन्वयमा १ देखि १० वडामा भएको राजस्व तथा स्थानीय तह राजस्व पोर्टल सम्बन्धी अभिमुखिकरण एवं छलफल कार्यक्रम” सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
उक्त कार्यक्रममा नगर प्रमुख-विवस चिन्तन, उपप्रमुख -वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत -शेर बहादुर वि.सी., लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष -मान बहादुर आले, सूचना प्रविधि अधिकृत-अनुप देवकोटा, राजस्व इकाइ प्रमुख-दिनेश कुमाल लगायत वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू लगायत सम्पुर्ण जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक/प्रतिनिधिहरू, टोल विकास संस्था, युवा क्लब, आमा समूह, सहकारी संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यापारी–व्यवसायी तथा सम्पूर्ण करदाताहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको छ ।
कार्यक्रममार्फत पालुङटार नगरपालिकाको आर्थिक ऐन २०८२, स्थानीय राजस्व प्रणाली तथा स्थानीय तह राजस्व पोर्टल सम्बन्धी जानकारी आदानप्रदान हुनुका साथै करदातामैत्री सेवा प्रवाह, राजस्व सुधार तथा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुगेको विश्वास लिइएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग, सहकार्य तथा सहभागिता जनाउनुहुने सम्पूर्णप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौं ।
धन्यवाद।