पहिलो चरणमा सवै १३ वटा माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजिरी मेसीन जडान कार्य सम्पन्न

2018-03-22

पालुङ्टार नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका सवै १३ वटा माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजिरी मेसीन जडान कार्य सकिएको छ । शैक्षिक क्षेत्रको प्रयासस्वरुप पहिलो चरणमा विद्युतीय मेसीन जडान गरिएको नगरप्रमुख इ. दिपक बाबु कंडेलले बताउनुभयो । हाजिरीको लागी पहिलो चरणमा १३ वटा मा.वि हरुमा हाजिर गर्ने बायोमेट्रिक फिङ्गरप्रिन्ट मेसीन राख्ने योजनाअनुसार सबै माध्यमिक विद्यालयहरुमा जडान गरिसकिएको जानकारी दिनुभयो ।