पालुङटार नगरपालिकाको आ.व. २०७३।०७४ को वजेट नीति तथा कार्यक्रमको सार्वजनिकिकरण गरिएको सूचना

२०७४ मंसिर २०

नगरपालिका बैठकबाट प्रस्तावित नगरपालिका कार्यालयबाट आगामी आ.व.मा. सञ्चालन  हुने योजना तथा कार्यक्रमहरूको बाँडफाँड स्वीकृत गरी सो अनुसार कार्यक्रम कार्यान्वयन गर्ने अधिकार नगरपालिकालाई प्रदान गरियो । 
२.     २०७१÷०७२ को यथार्थ, आ.व. २०७२÷०७३ को संशोधित तथा आगामी आ.व. २०७३÷०७४ को लागि यस नगरपालिकाको अनुसूचीमा उल्लेखित अनुमानित आय–व्यय सहितको योजना स्वीकृत गरियो ।
३.    उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरूको लागि ठोस संरचना निर्माणमा १० प्रतिशत र ग्रावेल तथा माटोको कार्यका लागि कूल लागतको २० प्रतिशतलले  हुने जनसहभागिता गर्ने नीति अवलम्वन गर्दै जाने निर्णय गरियो । 
४.     नगरपालिकाको आन्तरिक आय, राजस्वका क्षेत्रहरू र अन्य आयहरूको पहिचान गर्ने कार्यको लागि आय प्रक्षेपण तथा पहिचान गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।
५.    आ.व. २०७२÷०७३ सालको लागि आन्तरिक ठेक्का बन्दोवस्त गर्नलाई स्थानीय स्वायत्त शासन ऐन, २०५५ स्थानीय स्वायत्त शासन नियमावली २०५६ बमोजिम नगरस्तरीय राजस्व परामर्श समितिको सिफारिसमा प्रस्तावित उल्लेखित दररेटहरू पारित गर्ने निर्णय गरियो ।
६.    जिम्मेवारी अनुसार कार्यालयको काम कारबाहीलाई छिटो छरितो र व्यवस्थित गरी जनमुखी सेवा दिने उदेश्यले कामको चाप र प्रकृति अनुसारको प्रत्येक शाखाको कारवाहीलाई चुस्त तथा मितव्ययी वनाउन आवश्यक कार्य गर्ने निर्णय गरियो ।
७.    नगरपालिकाले सम्पादन गरेको विविध विकास गतिविधिहरू नागरिक समक्ष जानकारी गराउन नगरपालिकाको वेवसाइट तथा विभिन्न माध्यमको प्रयोग गर्ने निर्णय गरियो ।
८.    आ.व. २०७२÷७३ का नेपाल सरकार पँुजीगत अनुदानतर्फ नगरवोर्डवाट प्राप्त वजेटका आधारमा संशोधन गरिएका कार्यक्रमहरूलाई अनुमोदन गर्ने निर्णय गरियो ।  
९.    नगरपालिकामा गत परिषद्देखि हालसम्म सञ्चालन भएका योजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी प्रतिवेदनलाई छलफल गरी प्रतिवेदनले औल्याएको विषयमा आबश्यक किनारा लगाउन नगरपालिकालाई निर्देशन दिने निर्णय गरियो ।
१०.    गत आ.ब.को अन्तिम लेखा परीक्षण सम्पन्न गरी प्राप्त प्रतिवेदन माथि छलफल गरि प्रतिवेदनमा औल्याइएका पेस्की तथा बेरुजु अविलम्ब फछ्र्याैट गर्न कारवाही अगाडि बढाउन नगरपालिकालाई निर्देशन दिने निर्णय गरियो ।
११.    यस नगरपालिकाबाट सम्पादन हुने विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने कार्यलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरियो ।
१३.    परिषद्को बैठकमा अनुमोदनका लागि पेश गरिएको गत आर्थिक वर्षमा सम्पन्न भई नगरपालिकाबाट जाँचपास तथा फरफारक भएका योजनाहरूको जाँचपास तथा फरफारकलाई अनुमोदन गरियो ।  
१४.    नगरपालिका कार्यालयवाट परिष्द वैठकमा पेश गरिएको गत आ.व. मा सम्पन्न भएका योजनाहरूको वार्षिक प्रगतिको समीक्षा प्रतिवेदनलाई छलफल गरियो । 
१५.    नगरपालिकाको कार्यसम्पादन नियमित गर्न स्थानीय स्वायत्त शासन ऐनको परिधिमा रही अर्को नगरपरिपद्सम्मका लागि यस परिषदमा रहेको निम्न अनुसारको अधिकारहरू नगर वोडलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ः–
–    नगरपालिकालाई प्राप्त हुने केन्द्रीय अनुदान लगायतका अन्य स्रोतहरू र नगर कोष अन्तर्गतको पूँजीगत खर्च तथा कार्यक्रमहरूमा विनियोजित रकम अनुसार योजना छनौट, संशोधन एवम् वार्षिक कार्यक्रम स्वीकृत गर्ने ,
–    नगरपालिका अन्तर्गतका अन्य कार्यक्रम र आयोजनाहरूको वार्षिक कार्यक्रम संशोधन र परिमार्जन गर्ने ,
–    नगरपालिका अन्तर्गत चालु तथा पूँजीगत खर्चको विनियोजित रकम सम्बन्धित क्षेत्रमा (ीष्लभ क्ष्तझक) मा प्रदान गर्न स्वीकृत गर्ने,
–    नगरपालिकाबाट लगाइने कर, दस्तुर, शुल्क तथा बिक्रि आदिको दर र ठेक्का अङ्क रकम स्वीकृत संशोधन तथा परिमार्जन गर्ने,
–     नगरपालिकाको कार्यसम्पादनका सिलसिलामा आबश्यक पर्ने अन्य प्रशासनिक अधिकारहरू प्रयोग गर्ने ।